विश्वकप ट्रफी यसै साता नेपाल ल्याईँदै हेर्नुहोस कहिले
कार्तिक ६ -अर्को वर्ष इङ्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी नेपाल ल्याइने भएको छ। ट्रफी यसै साता नेपाल आउन लागेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को नेपालस्थित प्रतिनिधि भावना घिमिरेले जानकारी दिइन्।

‘आईसीसी विश्वकप ट्रफीको नेपाल टुर कार्यक्रम भव्य बनाउने तयारीमा हामी जुटेका छौं’, उनले भनिन्, ‘यसै साता आउने भए पनि दिनको टुंगो लाग्न बाँकी छ।’ आईसीसी विश्वकप ट्रफी नेपाल भ्रमणमा ल्याउन लागिएको यो पहिलो पटक हो।
फुटबल विश्वकपको ट्रफी भने यसअघि नेपालमा आइसकेको छ। सन् २०१४ मा ब्राजिलमा फिफा विश्वकप सुरु हुनुअघि सो ट्रफी ल्याइएको थियो। आईसीसी विश्वकपको १२औं संस्करण सन् २०१९ को मे ३० देखि जुलाई १४ सम्म इङ्ल्यान्ड र वेल्समा आयोजना हुँदैछ।
विश्वकप सुरु हुनुअघि विश्वव्यापी रूपमा क्रिकेटको लोकप्रियता बढाउने उद्देश्यले आईसीसीले पाँचवटै महादेशमा ट्रफी टुर गराउन लागेको हो। आईसीसीले ट्रफीलाई २१ राष्ट्रका ६० भन्दा बढी सहरमा पुर्याउने योजना बनाएको ।
ट्रफी टुर आईसीसीको दुबईस्थित मुख्यालयबाट अगस्ट २७ बाट सुरु गरिएको हो। नौ महिना लामो भ्रमणमा सुरुका ६ महिना ट्रफीलाई विभिन्न राष्ट्रमा पुर्याइने छ भने बाँकी तीन महिना इङ्ल्यान्डकै सहरहरूको परिक्रमा गराइने छ।
ट्रफीलाई हालसम्म ओमन, अमेरिका, वेस्ट इन्डिज, श्रीलंका, पाकिस्तान र बंगलादेश गरी ६ राष्ट्रको भ्रमण गराइसकिएको छ। विश्वकप ट्रफी बंगलादेश हुँदै सातौं राष्ट्रका रूपमा नेपाल प्रवेश गर्न लागेको हो।
नेपालबाट भारत लगिने छ। भारतपछि न्युजिल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्यान्ड्स र जर्मनी हुँदै आगामी फेब्रुअरी १९ तारिखमा विश्वकप आयोजनास्थल इङ्ल्यान्ड र वेल्स लगिने आईसीसीले जनाएको छ।
नेपाल भ्रमणका क्रममा ट्रफीलाई काठमाडौंसहित पोखरा पनि लगिने बताइएको छ। विशेष सुरक्षासहित विश्व भ्रमणमा निकालिएको ट्रफीलाई नेपालमा कुनकुन विशिष्ट व्यक्तिसँग भेटाउने भन्ने विषयमा हालसम्म टुंगो लागिसकेको छैन अाजकाे अन्नपूर्ण पोस्टमा समाचार छ।
No comments:
Post a Comment