कात्तिक १४, एघार वर्ष अघि दिल्ली डेयरडेविल्सबाट आईपीएल डेब्यू गरेका शिखर धवन नयाँ सिजनका लागि आफ्नो घरेलु टिममा फर्किने भएका छन् । अहिले शिखर सनराइजर्स हैदराबादमा आवद्ध छन् । भारतीय संचारमाध्यमले जनाए अनुसार हैदराबादले दिल्लीसँग धवनलाई दिल्ली पठाउने र त्यसको बदलामा दिल्लीले तीन खेलाडी दिने समझदारी गरेको छ । दिल्लीले हैदराबादलाई विजय शंकर, अविषेक शर्मा र शहबाज नदिम दिनेछ ।अघिल्लो सिजनको अक्सनअघि हैदराबादले धवनलाई नलिने निर्णय गरेपनि पछि पाँच करोड २० लाखमा रिटर्न गरेको थियो । त्यसपछि धवन हैदरावादमा खुसी छैनन् ।
हैदरावाद जाने खेलाडीमा शंकर र नदिमको मूल्य समान तीन करोड २० लाख छ भने युवा खेलाडी अविषेक शर्मालाई दिल्लीले ५५ लाखमा किनेको थियो । तीन खेलाडीको मूल्य ६ करोड ९५ लाख हुँदा हैदराबादले धवनलाई दिल्ली पठाउँदा एक करोड ७५ लाख नगद दिनेछ ।सन् २००८ को संस्करणमा दिल्लीमा खेलेका धवन त्यसपछिको दुई सिजन मुम्बईमा खेलेका थिए । त्यसपछि हैदराबाद पुग्नुअघि उनले डेक्कन चार्जर्समा पनि खेले ।