Friday, November 9, 2018

सन्दिप मात्र हैन अब अरु पनि IPL खेल्ने हेर्नुहोस यसरी

 २०१९ कोे इण्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल)का लागि खेलाडी लिलामीको मिति तोकिएको छ । आइपिएलको १२ औं सिजनका लागि खेलाडीको लिलामी यही वर्षको डिसेम्बरमा हुनेछ । मिडिया रिपोर्टका अनुसार लिलामी डिसेम्बर १७ र १८ मा जयपुरमा हुँदैछ । लिलामीका लागि खेलाडीको छनोट भइरहेको छ । अन्तिम चरणमा पुगेका खेलाडीलाई लिलामीमा जुन टिमले बढी मूल्य दिन्छ उसैले लिन पाउनेछ ।


१२ औं सिजनको आइपिएलमा क्रिकेटका बलिया देश इङल्याण्ड, अस्ट्रेलिया र दक्षिण अफ्रिकाका खेलाडी पूरै प्रतियोगिता खेल्न पाउने छैनन् । यो प्रतियोगिता २९ मार्चबाट सुरु भएर मे महिनाको तेस्रो हप्ता (२०–२२ तारिखसम्म) हुन सक्छ । आइपिएलको समय तालिका भने सार्वजनिक भइसकेको छैन । इङल्याण्ड र अस्ट्रेलियाका खेलाडी १ मे देखि आइपिएल खेल्ने छैनन् जसको अर्थ उनीहरुले अन्तिममा झण्डै ३ हप्ता आइपिएल खेल्ने छैनन् । 
दक्षिण अफ्रिकाका खेलाडी १२ मे देखि आइपिएल खेल्ने छैनन् । उनहिरुले पनि आइपिएलका पछिल्ला झण्डै १० दिनका खेलहरु मिस गर्नेछन् । यी देशका क्रिकेट बोर्डले विश्वकपलाई लक्षित गर्दै आफ्ना खेलाडीलाई आइपिएलमा खेल्ने समयसीमा तोकिदिएको हो । निर्धारित समयपछि यी तीन देशका खेलाडी आफ्नो देशको टिममा प्रशिक्षणका लागि फर्कनेछन् । 
अहिलेसम्म आइपिएलमा सबैभन्दा धेरै विदेशी खेलाडी अस्ट्रेलिया र इङल्याण्डका खेलेका छन् । दक्षिण अफ्रिका, न्यूजिल्याण्ड र वेष्ट इण्डिजका खेलाडी पनि ठूलो परिमाणमा आइपिएल खेल्न आउँछन् । अहिले आइपिएलमा कुनै पनि पाकिस्तानी खेलाडी खेलाइँदैन । अन्य देशका खेलाडी सानो परिमाणमा लिइन्छ । तर, अहिले बलिया देशका चर्चित खेलाडीहरु पूरै प्रतियोगिता खेल्न नपाउने हुँदा नेपालजस्ता भर्खर अघि बढ्दै गरेका देशका नयाँ प्रतिभालाई फाइदा पुग्नेछ ।
आइपिएलमा गएको सिजनदेखि नेपाली खेलाडीले प्रवेश पाइसकेका छन् । पहिलोपटक आइपिएल खेलेका सन्दिप लामिछानेले त्यहाँ राम्रो प्रभाव छोडेका छन् जसले अन्य नेपाली खेलाडीको आइपिएल प्रवेशको बाटो फराकिलो बनाइदिएको छ । यस वर्ष विश्व क्रिकेटमका ठूला हस्तहिरु विश्वकप लक्षित प्रशिक्षणका लागि स्वदेश फर्कनुपर्ने भएकोले उनीहरुको ठाउँमा नयाँ प्रतिभाले खेल्ने मौका पाउनेछन् । यसबाहेक लिलामीमा समेत फ्रेन्चाइजको प्राथमिकता नयाँ प्रतिभामा बढी हुनेछ किनकि विश्व क्रिकेटका ठूला मानिने खेलाडी पूरै प्रतियोगिता खेल्न पाउने छैनन् । 

No comments:

Post a Comment