सलमानले गरे बिवाहको मिती घोषणा

बलिउडमा अहिलेका बक्सअफिस किंग सलमान खान फिल्म इन्डष्ट्रीकै एकमात्र चर्चित ब्याचलर हुन् । कयौँ युवतीहरुसंग प्रेम सम्बन्धमा परेका सलमान प्रेमीकाको हकमा कहिल्यै लक्की साबित भएनन् किनकी उनको प्रेम पनि कहिले सफल भएन । ५३ बर्षको उमेरमा पनि अबिवाहित रहेका सलमानको हकमा उनलाई बिवाह कहिले भनेर सोधिने प्रश्नले आजसम्म पनि छोडेको छैन । उनले बिवाहको बारेमा सोधिने प्रश्नमा सधै आलटालको जवाफ दिने गरेका छन् । उनले बिवाह नगर्नुको कारण उनीमाथि रहेको कानुनी मुद्धालाई पनि मानिएको छ ।

उनलाई हिट एण्ड रन र कालो हरिण मारेको मुद्धा गरी १० बर्षको जेल सजायँ सुनाईएको छ । उनी हाल जमानतमा रहेका छन् । प्रेमको सवालमा यतिबेला उनको नाम बिदेशी हस्ती लूलिया वन्तुरसंग जोडिन्छ तर सलमानले भने यसबारेमा खुलस्त पारेकै छैनन् । तर बिवाहको बारेमा भने सलमानले हालै एक घोषणा गरेका छन् । कपिल शर्माको नयाँ शोमा पुगेका सलमानले आफु अहिले सिंगल नरहेको खुलासा गरेका छन् । उनले को संग प्रेममा परेका छन् भन्ने बारे नखुलाए पनि बिवाह भने १८ नोभेम्बरमा गर्ने घोषाणा गरेका छन् ।
No comments:
Post a Comment