प्रचण्ड भन्छन् “अन्तराष्ट्रिय क्रिकेट रंगशाला चितवनमै बन्छ”
कार्तिक ११ -नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले अन्तराष्ट्रिय क्रिकेट रंगशाला चितवनमै निर्माण हुने बताएका छन् । आज भरतपुर महानगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले अन्तराष्ट्रिय क्रिकेट रंगशाला चितवनमै निर्माण हुने घोषणा गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रचण्डले भने “मैले हिजो मात्रै प्रधानमन्त्री केपी ओलीसंग भेटमा कुरा राखेको थिए , उहाँले क्रिकेट रंगशाला चितवनमा नै बन्छ भनेर घोषणा गरिदिनुस् भन्नुभयो” । अन्तराष्ट्रिय क्रिकेट रंगशालाको अभियान बोकेर हिडेका धुर्मुस सुन्तली फाण्डेशनले रामपुरमा रहेको जग्गा माग गरेको थियो । तर त्रिभुव विश्वविद्यालयले सो जग्गा दिन अस्वीकार गरेपछि रंगशाला निर्माणको काम अन्यौलमा रहेको थियो ।
सो जग्गा त्रिभुव विश्वविद्यालयको मातहतमा रहेकोले अझै जग्गाको टुंगो भने लाग्न बाँकी छ । रंगशालाका लागि हेरिएको जग्गा कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई हस्तान्तरण गरेपछि बल्ल रंगशाला निर्माणका लागि ढोको खुल्नेछ ।भरतपुर महानगरपालिकालले रामपुरमा रहेको जग्गा बराबर कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई सट्टा भर्ना स्वरुप साविक चित्रवन नगरपालिकामा रहेको सार्वजनिक जग्गा दिने निर्णय गरि सकेको छ ।
यसैगरी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पनि केही समय अगाडीमात्र अन्तराष्ट्रिय क्रिकेट रगंशाला चितवनमा नै निर्माण हुने र त्यसको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएकी थिईन् । रंगशाला निर्माणका लागि रामपुरमा रहेको जग्गा बारे त्रिभुव विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र भरतपुर महानगरपालिकाबीच सम्झौतासमेत भईसकेको उनको भनाई थियो ।
No comments:
Post a Comment