Wednesday, October 10, 2018

सन्दीप लामिछाने प्लायेर ऑफ द tournament बन्ने लगभग पक्का

सन्दीप लामिछाने प्लायेर ऑफ tournament बन्ने लगभग पक्का
असोज २४, काठमाडौं
आईसीसी टि–२० विश्वकप एसिया उपक्षेत्रिय छनोट प्रतियोगितामा नेपालले चीनलाई १० विकेटले पराजित गरेको छ।
मलेसियाको बायुमास ओभल मैदानमा भएको खेलमा चीनको २७ रनको चुनौती नेपालले दास्रो ओभरमै भेट्टायो। नेपालले पहिलो ओभरमै २१ रन लिएको थियो। नेपालका लागि बसन्त भण्डारीले २४ रन बनाए भने प्रदीपसिंह ऐरीले ४ रन बनाए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चीनले १३ ओभरमा अलआउट हुँदै २६ रन बनायो।
चीनका लागि होङ जिङ यानले ११ रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन्। खेलमा चीनले ९ रन अतिरिक्त पाएको थियो। चीनको व्याटिङ लाइनलाई धरासायी पार्न नेपालका सन्दीप लामिछाने, वसन्त रेग्मी र ललित राजबंशीले समान तीन तीन विकेट लिए।
असोज २४ – आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ को पाँचौं खेलमा चीनले नेपाललाई २७ रनको झिनो लक्ष्य दिएको छ।मलेसियाको वायुमस ओभल मैदानमा जारी खेलमा हारेर पहिला ब्याटिङ गरेको चीनले १३ ओभरमा अलआउट हुँदै २६ रन बनायो। चीनका लागि ओपनिङ ब्याट्सम्यान होङ जियाङ यानले सर्वाधिक ११ रन बनाएपनि अन्य कुनैपनि खेलाडीले दोहोरो रन जोड्न सकेनन्।
चीनलाई सस्तैमा समेटन नेपालका सन्दीप लामिछाने, बसन्त रेग्मी र ललितनारायण राजवंशीले समान ३–३ विकेट लिए। अब नेपालले केही समयपछि २७ रनको झिनो लक्ष्यसहित जवाफी ब्याटिङ थाल्नेछ।
नेपाल र चीनको पुरुष टिमले पहिलोपटक प्रतिस्पर्धा गरेका हुन्। नेपालले लगातार चौंथो जित निकाल्दै अघिल्लो चरण प्रवेश पक्का गरिसकेको छ। यता चीन भने आफूले खेलेका सबै खेलमा हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ। नेपाल समूहको शीर्ष स्थानमा रहँदा चीन भने पुछारमा छ। नेपालसँगै सिंगापुरले पनि दोस्रो चरणमा स्थान पक्का गरेको छ।
समूहका शीर्ष तीन स्थानमा रहने टोलीले क्षेत्रीय छनोटको अन्तिम चरणमा स्थान बनाउनेमा नेपाल र सिंगापुर छनोट भएसँगै मलेसिया र थाइल्यान्डमध्ये एक टोलीको छनोट सम्भावना जीवित छ। युएई र कतारले यसअघि नै अन्तिम चरणको क्षेत्रीय छनोटमा स्थान पक्का गरिसकेका छन्। अन्तिम चरणको छनोटमा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन्। यस पटकको ट्वान्टी–२० विश्वकप क्रिकेट अस्ट्रेलियाले २०२० अक्टोबर १८ देखि १५ नोभेम्बरसम्म सञ्चालन गर्नेछ।
प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। यसअघि नेपालले पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा मलेसियालाई समान ८ विकेटले हराएको थियो भने तेस्रो खेलमा थाइल्यान्डलाई १ सय ४० रनले निराश पारेको थियो। त्यस्तै मंगलबार भएको चौंथो चौंथो खेलमा नेपालले भुटानलाई १ सय १७ रनले पराजित गरेको थियो।
लगातर ४ जितपछि समान ८ अंक जोडेका नेपाल र सिंगापुर क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। समान ५ अंक जोडेका आयोजक मलेसिया र थाइल्यान्ड क्रमशः तेस्रो र चौथो स्थानमा छन् भने समान २ अंक जोडेका भुटान र म्यानमार चौथो र पाँचौं स्थानमा छन्। अंकविहीन चीन अन्तिम स्थानमा छ।

No comments:

Post a Comment