रोनाल्डोमाथि बलात्कारको आरोप
असोज १३ – पोर्चुगल तथा युभेन्ट्सका सुपरस्टार फुटबल क्रिस्टियानो रोनाल्डोलाई बलात्कारको आरोप लागेको छ । एक ३४ वर्षे महिलाले रोनाल्डोमाथि आफुलाई बलात्कार गरेको आरोप लगाएकी हुन् जर्मन सञ्चारमाध्यम डेर स्पिगेललाई क्याथरिन म्योग्राले रोनाल्डोले उनीमाथि बल प्रयोग गरेर करणी गरेको आरोप लगाएकी छिन् ।
म्योग्राका अनुसार सन् २००९ मा रोनाल्डोले लस भेगासको एक होटलमा आफुलाई बलात्कार गरेको बताइन् ।उनले घटना सामसुम पार्न रोनाल्डोले ३ लाख ७५ हजार अमेरिकी डलर दिँदै घुँडा टेकेर मुद्दा नहाल्न सम्झौता गरेको म्योग्राको दाबी छ ।सो पत्रिकाका अनुसार रोनाल्डोलाई ती महिलाले पटक पटक “हुँदैन”, “रोक” भन्दाभन्दै पनि उनले जबरदस्ती गरेको उल्लेख गरेको छ।
’रोनाल्डोले आफु ९९ प्रतिशत राम्रो मान्छे रहेको तर १ प्रतिशतले जितेकोले बताइन्,’ उनले भनिन्, ‘मलाई ३ लाख ७५ हजार अमेरिकी डलर अफर गर्दै मुद्दा नहाल्न विन्ती गरेका थिए ।’रोनाल्डोका वकिल सेच्र्ज बग्र्मानले सो कुरामा कुनै सत्यता नरहेको बताएका ।
उनले डेर स्पिगेलको उक्त रिपोर्ट अवैध रहेको र उक्त मिडियाविरुद्ध मानहानीको मुद्दा दर्ता गर्ने विज्ञप्तीमार्फत जनाएका छन् । उता रोनाल्डोले भने सो सम्बन्ध आफुहरुले सहमतिमा नै गरेको बताउँदै आएका छन्।

No comments:
Post a Comment