बिराटले भारतीय क्रिकेट बोर्डमा राखे अनौठो प्रस्ताव
असोज २१ -भारतीय चर्चित क्रिकेटर बिराट कोहलीले भारतीय क्रिकेट कन्ट्रोल बोर्डसंग अनौठो प्रस्ताव गरेका छन् । उनले खेलाडीका पत्नीहरुलाई पनि संगै बिदेश लान पाउँनु पर्ने भन्दै माग गरेका हुन् । केही समय अगाडीमात्र बिदेश खेल्न गएका खेलाडीहरु खेलमा भन्दा बढि पारिवारिक जमघट र घुमघाममा बढि ध्यान दिएको भन्दै बोर्ड पत्नीलाई संगै लान नमिल्ने भनी उर्दी जारी गरेकोथियो ।

त्यसको बिरोधमा बिराटले आवाज उठाएका हुन् । बिराटको यस मागमा प्रशासक समिति (सीओए) का एक अधिकारीले हतारमा कुनै निर्णय नगरिने बताएका छन् । “हो उनले यस्तो माग गरेक छन् । तर हामी हतारमा कुनै निर्णय लिने पक्षमा छैनौँ”, उनले भने, “हामीले यस प्रस्तावलाई नयाँ पदाधिकारीसम्म पुग्न दिनुपर्ने भनेका छौँ ।
हाल रहेका नीतिमा तत्काल कुनै परिवर्तन हुने छैन ।” वर्तमान नियम अनुसार विदेश भ्रमणका क्रममा पत्नीलाई दुई सातासम्म खेलाडीले सँगै रख्न पाउँछन् । बिराटले यस मुद्दालाई बीसीसीआईका एक वरिष्ठ अधिकारीसामू पनि उठाएका छन् ।

समाचार अनुसार यो बीसीसीआईको नीतिगत निर्णय हो । सीओए नयँ बीसीसीआई निकायको गठनसम्म मामिलालाई चुपचाप राख्ने योजनामा छ । खेलाडीसँगै यात्रा गर्ने पत्नीको मुद्दा प्राय उठ्ने गरेको छ। क्रिकेटका जानकारबीच यसलाई लिएर अझैसम्म सहमति बन्न सकेको छैन ।
सन् २००७ मा ५-० ले एसेज सिरीज हारेपछि इङ्ग्ल्यान्ड क्रिकेट बोर्डले एक स्वतन्त्र लेखा परीक्षक नियुक्त गरेको थियो । लेखा परीक्षकले खेलाडीका प्रेमिका र पत्नीलाई टिमको खराब प्रदर्शनका लागि दोषी ठहर गरेको थियो । यसलाईपूर्व इङ्ग्लिस क्रिकेटर केभिन पिटरसनले बकवास भनेका थिए ।
No comments:
Post a Comment